Aamsanchar

बिर्तामोडमा महिलाहरुलाई विशेष सशक्तिकरण प्रशिक्षण दिईने तयारी

Author Image
शनिवार, चैत ७, २०७७

बिर्तामोड । एरिना इभेन्ट्स र भिप्रा एडभरटाइजिङको संयुक्त आयोजनामा बिर्तामोडमा विशेष महिला सशक्तिकरण प्रशिक्षण कार्यक्रमको तयारी गरिएको छ ।

महिलाहरुलाई उद्यमशील बनाउने उद्धेश्यले चैत्र ९ गतेदेखि ११ गतेसम्म बिर्तामोडको होटल सिद्धार्थ ग्राण्डसिटीमा उक्त तालिमको आयोजना गरिएको भिप्रा एडभरटाइजिङका प्रवन्ध निर्देशक विमल राजवंशीले जानकारी दिए ।

कार्यक्रममा महिलाहरुलाई व्यक्तित्व तथा नेतृत्व विकास तालिम ,उद्यमशीलता, कृषि, व्यावसायिक कानून, आत्मरक्षा, लगायतका विषयहरुमा प्रशिक्षण दिइने उनले बताए ।

कार्यक्रमको प्रहिलो दिन व्यक्तित्व विकास तालिम , साइवर अपराध न्यूनीकरण सम्वन्धी प्रशिक्षण , दोस्रो दिन कृषि, अडिट, कर, फाइनान्स, खरिदबिक्री, प्रोडक्सन सम्बन्धी प्रशिक्षण र तेस्रो दिन नेतृत्व विकास , आत्मरक्षा सम्वन्धी प्रशिक्षण दिइने एरिना इभेन्ट्सका म्यानेजिङ डाइरेक्टर संगीत वरालले जानकारी दिए ।

कार्यक्रममा सहभागी महिलाहरुलाई निःशुल्क प्रशिक्षण दिइने र कार्यक्रमको उद्घाटनमा उत्कृष्ट उद्यमी महिलाहरूलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको उनले बताए ।

व्यक्तित्व विकास तालिमको प्रशिक्षण सञ्चारकर्मी तृष्ना रेग्मी, व्यक्तित्व विकास तालिमको प्रशिक्षण पूर्व मिस नेपाल सुगारिका केसी र आत्मरक्षा सम्वन्धी प्रशिक्षण दिपेन धिमालले दिने भिप्रा एडभरटाइजिङका म्यानेजिङ डाइरेक्टर साइमनजंग बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)