Aamsanchar

अस्पतालमा श्रीमतीको उपचार गराउन कुरुवा बसेका श्रीमान्‌को मृत्यु

Author Image
आइतवार, चैत ८, २०७७

धनगढीको सेती प्रादेशिक अस्पतालमा बिरामी कुरुवा बसेका एक पुरुषको मृत्यु भएको छ। श्रीमतीको उपचार गराउन आएका दार्चुलाको लेकम गाउँपालिका–२ का ४८ वर्षीय भानदेव भट्टको शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। खाजा खान भनी निस्किएका उनी अस्पताल बाहिर बेहोश भएर ढलेका थिए ।

उपचारका लागि अस्पताल पुर्‍याउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए । मृतकको शव पोष्टमाटमका लागि शव गृहमा राखिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 225

प्रतिक्रिया (०)

सम्बन्धित खबर