Aamsanchar

४५ हजारभन्दा बढीले झापामा कोरोनाविरुद्धको खोप लगाए

Author Image
आइतवार, चैत ८, २०७७

झापा – झापामा अहिलेसम्ममा ४५ हजारभन्दा बढीले कोभिड–१९ विरुद्ध सरकारले निःशुल्क प्रदान गर्दै आएको कोभिशिल्ड खोप लगाएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत चुडामणि लुइँटेलका अनुसार १५ वटै स्थानीय तहमा पहिलो चरणको खोप लगाउनेको संख्या ४५ हजार ३५२ पुगेको छ।

झापामा आठ नगरपालिका र सात गाउँपालिका छन्। जसमध्ये सबैभन्दा बढी दमक नगरपालिकाका पाँच हजार ४५५ ले र सबैभन्दा कम बाह्रदशी गाउँपालिकाका एक हजार २०० ले मात्र खोप लगाएका छन्। शिवसताक्षी नगरपालिकाका चार हजार ७४९ ले, गौरादह नगरपालिकाका चार हजार ६५३, बिर्तामोड नगरपालिकाका तीन हजार ७७३, कनकाई नगरपालिकाका तीन हजार ४९९, कमल गाउँपालिकाका तीन हजार २४८ र भद्रपुर नगरपालिकाका तीन हजार ७५ जनाले कोभिशिल्ड खोप लगाइसकेका छन्।

यसैगरी मेचीनगर नगरपालिकाका दुई हजार ८५४, अर्जुनधारा नगरपालिकाका दुई हजार ७२३, गौरीगञ्ज गाउँपालिकाका दुई हजार ४५१, कचनकबल गाउँपालिकाका दुई हजार १२३, हल्दिबारी गाउँपालिकाका दुई हजार एक, झापा गाउँपालिकाका एक हजार ८२३, बुद्धशान्ति गाउँपालिकाका एक हजार ७०९ ले र बाह्रदशी गाउँपालिकाका एक हजार २०० जनाले खोप लगाइसकेका छन्।

फागुन २३ गतेदेखि प्राथमिकताका आधारमा खोप लगाउने कार्य जारी छ। पहिलो चरणमा कोभिड १९ महामारीविरुद्ध अग्रंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी र स्वयम्सेवकले खोप लगाएका थिए। त्यसपछिका चरणमा पत्रकार, सुरक्षाकर्मी, जनप्रतिनिधि र ज्येष्ठ नागरिकले खोप लगाउन पाएका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर