Aamsanchar

वर्षौंदेखि अलग्गिएको छोरो दुर्गाप्रसादसँग भेट हुँदा ८५ वर्षीया आमा धनमाया…

Author Image
आइतवार, चैत ८, २०७७

इलाम — ४० वर्षसम्म भारतका विभिन्न जेलमा बन्दी जीवन बिताएर दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)माइ नगरपालिका वडा नम्बर १० लुम्बाकस्थित घर पुगेका छन् । घर पुगेसँगै उनले आमालाई भेटेका छन् । वर्षौंदेखि अलग्गिएको छोरासँग भेट हुँदा ८५ वर्षीया आमा धनमाया खुसी भएकी छन् ।

दुर्गाप्रसादको पर्खाइमा उनकी आमा, आफन्त र गाउँले नै भेला भएर उनलाई पर्खिरहेका थिए । अदालतको आदेशपछि शनिबार दुर्गाप्रसाद तिम्सिना (दिपक जैसी)कोलकातास्थित दमदम जेलबाट मुक्त गरिएका थिए । दुर्गा प्रसादलाई लिन उनका भाइ प्रकाशचन्द्र, कोलकातास्थित नेपाली वाणिज्य दूतावासका सचिव सतिश थापालगायतको टोली कोलकाता पुगेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर