Aamsanchar

घरमा सुतिरहेका दम्पतीलाई खाटसहित बेपत्ता पार्ने ४ जना पक्राउ

Author Image
सोमवार, चैत ९, २०७७

काठमाडौं- महोत्तरीको पिपरा गाउँपालिका–५ का मुसाफिर झा र उनकी पत्नी गीतादेवी झाको अपहरणमा संलग्न भएको अभियोगमा पक्राउ परेका ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। घरमा सुतिरहेको अवस्थामा उनीहरू गत फागुन १० गतेदेखि खाटसहित बेपत्ता भएका थिए। प्रहरीले पिपरा गाउँपालिकाका ५२ वर्षका रामबाबु यादव, उनका छोराद्वय २६ वर्षका सुरेन्द्र यादव र २४ वर्षका राजेन्द्र यादव तथा भारत विहारको मधुवनी घर भइ महोत्तरीकै बनौलीमा बस्दै आएका हरेन्द्र ठाकुरलाई सार्वजनिक गरेको हो। घटनामा उनीहरू चारै जनाको संलग्नता देखिएको जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्यले बताए। एसपी आचार्यले भने, ‘घटनाका मुख्य योजनाकार ठाकुर रहेको हाम्रो अनुसन्धानको निष्कर्ष छ।’

एसपी आचार्यका अनुसार उनीहरूले भने अपराध स्वीकार गरिसकेका छैनन्। ‘उनीहरूले अपराध नस्वीकारे पनि अनुसन्धानबाट संलग्नता पुष्टि भइसकेको छ, झा दम्पतीलाई जग्गा बेच्न दबाब दिएको र नबेचेपछि अपहरण गरेको अनुसन्धानबाट खुलेको छ,’ उनले भने।

पोलीग्राफ परीक्षणमा पनि चारै जनाको रिपोर्ट नेगेटिभ आएको एसपी आचार्यले बताए। घटनामा संलग्न पक्राउ परेको दावी प्रहरीले गरे पनि झा दम्पतीको अवस्था अझै अज्ञात छ। बेपत्ता भएकै दिनदेखि प्रहरीले उनीहरूको अपहरण भएको हुन सक्ने अनुमानमा खोजी शुरू गरेको थियो। तर, घटना घटेको करिब एक महिना बितिसक्दा पनि उनीहरूको अवस्थाबारे प्रहरीले कुनै संकेतसम्म पाउन सकेको थिएन।

घटनामा नेपाल प्रहरीको अनुसन्धान फितलो भएको भन्दै स्थानीयले निरन्तर आन्दोलन गरिरहँदा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) टोली महोत्तरी पुगेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 219

प्रतिक्रिया (०)

सम्बन्धित खबर