Aamsanchar

झापामा उत्कृष्ट नारी सम्मान द्वारा सम्मानित प्रसाईंको निधन

Author Image
बुधवार, चैत ११, २०७७

बिर्तामोड । नेपाली राजनीतिक सायिहत्य र समाज सेवाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनु भएकी, १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अबसरमा झापा जिल्ला उत्कृष्ट नारी सम्मान द्वारा सम्मानित गिरीराजकुमारी प्रसाईंको निधन भएको छ ।

छोरा विवेक प्रसाईको भनाई अनुसार गए राती उपचारको क्रममा उहाँको निधन भएको हो ।

झापा विर्तामोड–५ देवीबस्तीमा स्थाई बसोबास गर्दै आउनु भएकी ९० बर्षीया प्रसाईं केही महिना देखि अस्वस्थ हुनुहुन्थ्यो । अस्वस्थ रहेकै अवस्थामा उहाँलाई वीरता लेडी जेसीज लगायत ३५ भन्दा धेरै संघ संस्थाहरुले यस बर्षको उत्कृष्ट नारी सम्मान द्वारा विभूषित गरिएको थियो ।

नेपाली राजनीतिक साहित्यमा महत्वपूर्ण योगदान पुर्याउनु भएका शालिन र सरल जीवनयापनमा रमाउनु भएका नेता सिके प्रसाईंकी जीवन संगिनी भएर राजननीति क्षेत्रलाई माथी उठाउन गरेको योगदान र आफ्नो योग्यता र क्षमतालाई देश र समाजकालागि खर्चिदै स्वर्गीय गिरीराजकुमारी प्रसाईं अघिल्लो पुष्ताको एक शिक्षित र संर्घषशिल नारीको रुपमा नेपाली राजनीति, समाजिक क्षेत्रमा परिचय स्थापित रहेको छ ।

पिता क्याप्टेन गन्जबहादुर र माता चन्द्रकुमारी कार्कीको १३ औं सन्तान्तन मध्येकी माईली छोरीको रुपमा विक्रम सम्वत विक्रम सम्वत १९८८ साल कार्तिक १७ गते ललितपुरको कुमारीपाटी–५ काठकाडौंमा जन्मनु भएको थियो । उहाँको बाल्यकाल झापाको शान्तिनगरमा वितेको थियो ।

भारतको खर्साङबाट प्रार्थमिक शिक्षा सुरु गर्नु भएकी प्रसाईंले गान्धी आश्रम बादहाबाट राजनीति सास्त्रमा स्नातकोत्तर र कानपुरबाट फाईनआर्टमा पनि स्नातकोत्तर गर्नु भएको थियो ।

स्वर्गीय प्रसाईंका दुई छोरीहरु रमिता प्रसाईं, नम्रता सिंह विष्ट, एक छोरा विवेककेशरी प्रसाईं, बुहारी संगीता प्रसाईं, ३ नाती २ नातीनीहरु रहेका छन् ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 368

प्रतिक्रिया (०)

सम्बन्धित खबर