Aamsanchar

दमकका एक व्यक्तीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाउने काठमाडौंबाट २ जना पक्राउ

Author Image
बुधवार, चैत ११, २०७७

काठमाडौं – आफ्नै साथीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा काठमाडौंबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । झापा दमक नगरपालिका–४ घर भई काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ विष्णुदेवी बस्ने ३० वर्षीय पदम खड्कालाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा चन्द्रागिरी नगरपालिका–१५ विष्णुदेवी टुसाल चोकका ३७ वर्षीय प्रभुकृष्ण थापा र २३ वर्षीय दिवाकर महर्जनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

होटलमा खाजा खाने क्रममा साथी–साथीबीच झगडा हुँदा प्रभुकृष्ण र दिवाकरले पदमलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको प्रहरीको भनाइ छ । त्यसपछि महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले प्रभुकृष्ण र दिवाकरलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका पदमलाई उपचारका लागि ओम समाज अस्पताल लगिएकोमा थप उपचारको लागि अन्नपूर्ण न्यूरो अस्पताल थापाथली रिफर गरिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 206

प्रतिक्रिया (०)

सम्बन्धित खबर