Aamsanchar

सुनसरीमा सामूहिक होली नखेल्न प्रशासन द्वारा अनुरोध

Author Image
बुधवार, चैत ११, २०७७

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले नजिकिदैँ गरेको होली पर्वमा भीडभाड नगर्न आग्रह गरेको छ । भारतमा कोरोना स‌ंक्रमणको दोस्रो लहर सुरु भएपछि नेपालमा समेत सर्तकता अपनाउन थालिएको हो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले बुधबार एक सूचना जारी गर्दै कोभिडको प्रकोप थप सक्रिय भएकाले सचेत रहन अपिल गरेको छ । होली पर्वमा भीड नगर्न, भीडबाट जोगिने, जमघट नगर्न, सेनिटाइजर, मास्क र सामाजिक दूरी प्रयोग गर्न आग्रह गरिएको छ । स्थानीय तहले सन्चालनमा ल्याएका आइसोलेसन र क्वारेन्टिन तयारी अवस्थामा राख्न समेत प्रशासनले निर्देशन दिएको छ ।

सुनसरी भारत सगँको खुल्ला सिमाका कारण भारतमा फैलिएको कोरोना स‌ंक्रमणको दोस्रो लहरको उच्च जोखिमा रहेको छ । यसलाइ मध्यनजर गर्दै सिमा क्षेत्रमा समेत कडाइ गर्न थालिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 242

प्रतिक्रिया (०)

सम्बन्धित खबर