Aamsanchar

चैत्र १३ गते प्रधानमन्त्री विराटनगर नआउने

Author Image
बुधवार, चैत ११, २०७७

विराटनगर । कोरोना सङ्क्रमण बढेपछि विराटनगरमा प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्री ओली १३ चैतमा नेकपा एमालेको प्रदेश स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षणका लागि विराटनगर आउने कार्यक्रम थियो ।

विराटनगरको वीरेन्द्र सभागृहमा कार्यक्रम राखिएको थियो । तर केही दिनयता विराटनगरमा कोरोना संक्रमित भेटिन थालेको र बुधबार एकै दिन १० जनामा संक्रमण पुष्टि भएपछि कार्यक्रम स्थगित गरिएको नेकपा (एमाले)  प्रदेश १ का कमिटी सचिव विनोद ढकालले बताए ।

Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर