Aamsanchar

मानिसलाई अगाडि बढ्न हौसला दिने महाकवि कालिदासका जीवन उपयोगी केही भनाइहरू

Author Image
बिहिवार, चैत १२, २०७७

कालिदास संस्कृत साहित्यका महाकवि हुन् । उनी राजपण्डितका साथै संस्कृत भाषाका महान् कवि र नाटककार थिए । कालिदासको शाब्दिक अर्थ “कालीको सेवक” भन्ने हुन्छ । उनी देवी कालीका भक्त थिए । उनलाई भारतीय गुप्त वंशीय शक्तिशाली राजा चन्द्रगुप्त द्वितीयले राखेको नवरत्न मध्येका एक रत्न पनि थिए ।

कालिदास शिवका पनि भक्त थिए । उनले पौराणिक कथा र दर्शनलाई आधार मानेर रचनाहरू गरेका छन् । कालिदास आफ्नो अलंकार युक्त सुन्दर, सरल र मधुर भाषाका लागि विशेष रूपले जानिन्छन् । उनको ऋतु वर्णन अद्वितीय ग्रन्थ मानिन्छ। उनको जन्म इसाको चौथो शताब्दीमा भएको थियो ।

उज्जैन दरबारमा नै रहेर पर्याप्त संस्कृत साहित्यको रचना गरेका कालिदासले केही जीवन उपयोगी भनाइहरू पनि दिएका छन् । जसले मान्छेलाई अगाडि बढ्न हौसला प्रदान गरोस् । त्यसमध्येका केही उक्तिहरू उनका विभिन्न साहित्यिक ग्रन्थहरूबाट साभार गरिएको हो ।

–यशस्वीहरुको कर्तव्य यो हो कि जसले आफूसँग प्रतिस्पर्धा गर्छ ऊबाट आफ्नो यशको रक्षा पनि गर्नुपर्छ ।

–उदय हुँदाको सूर्य र अस्ताउँदो सूर्यको रंग एकै किसिमको हुने गर्छ । यसैगरी सम्पत्ति र विपत्तिको समय महान पुरुषको लागि एकै रुपको हुने गर्छ ।

–कामको समाप्ति सन्तोषप्रद भयो भने परिश्रमको थकान यादगार हुँदैन ।

–पृथ्वीमा तीन रत्नहरु छन्– जल, अन्न र सुभाषित । अज्ञानीहरु पत्थरको टुक्रालाई नै रत्न मान्छन् ।

–जसको चित्त विकास उत्पन्न गर्ने परिस्थितिमा समेत अस्थिर हुँदैन ऊ नै सच्चा धीर पुरुष हो ।

–सज्जन पुरुष नचाहँदा नचाहँदै पनि अर्कोको आशा पूरा गरिदिन्छ । जस्तो सूर्य स्वयं घरघर गएर अरुलाई प्रकाश फैलाइदिन्छ ।

–अवगुण डुंगाको पिंधमा रहेको प्वाल जस्तै घातक हुन्छ । जुन चाहे सानो होस् या ठूलो एक दिन उसलाई डुबाइदिन्छ ।

–उत्कृष्ट शिष्यलाई दिइएको शिक्षकको कला अधिक गुणस्तर हुन्छ । जस्तो कि मेघको पानी समुद्रमा पुग्दा मोती बन्छ ।

–रथ चक्र जस्तै मानव जीवनको दशा पनि उल्टो छ। कहिलेकाहीं दिन ठूलो हुन्छ कहिले रात।

–गुण भनेको एक व्यक्तिको वास्तविक पहिचान हो । गुणवत्ताको सबै ठाउँमा आदर हुन्छ।

–शोक वा खुशी सदाका लागि रहँदैन । यी पांग्राको बाहिरी भाग जस्तो कहिले तल त कहिले माथि हुन्छ ।

–दुस्खको समयमा आफ्नो स्वजनलाई देखियो भने झनै दुस्ख बढ्न जान्छ । जसरी कुनै रोकिएको भेल एउटा ठूलो द्वारबाट निस्किएपछि छरपस्ट हुन्छ ।

–सन्देहको स्थितिमा सज्जनको अन्तस्करणको प्रवृत्ति मात्र प्रमाण हो।

–सज्जनहरूले केही कुरा लिन्छन् त त्यो दिनकै लागि हुन्छ । जस्तो बादलले पानी सोस्छ त्यो पनि दिनकै लागि हो ।

–राज्य छाता जस्तै असुरक्षित हुन्छ । जति उसलाई बोक्दा थकान महसुस हुन्छ त्यति उसले सुरक्षा दिन सक्दैन ।

–वास्तवमा धीर पुरुष उनीहरू हुन् जसको चित्त विकार उत्पन्न गर्ने परिस्थितिमा समेत अस्थिर हुँदैन ।

प्रार्थी व्‍यक्तिको लागि लक्ष्मी मिलून् या नमिलून् किन्तु लक्ष्मी जसलाई चाहन्छिन् उसको लागि लक्ष्मी कसरी दुर्लभ हुन्छिन् रु

–जसरी सुन आगोमा जलाएर कालो हुँदैन, त्यसरी नै जुन शिक्षकले विद्यार्थीलाई सिकाउँदा कुनै प्रकारको गल्ती हुँदैन भने साँचो शिक्षा त्यही नै हो ।

–जो मान्छे जाली हुन्छ उसले महात्माको कामलाई जुनसुकै हालतमा पनि नराम्रो नै भनेको हुन्छ । किनकि उनीहरूमा महात्मा चिन्ने क्षमता नै हुँदैन ।

–इन्द्रियलाई जितेको व्यक्तिले आफ्नो दिमागमा थोरै मात्रामा पनि विखण्डनलाई स्थान दिन सक्दैन।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 301

प्रतिक्रिया (०)