Aamsanchar

इलामका दुर्गाप्रसादले पाए नागरिकता

Author Image
बिहिवार, चैत १२, २०७७

काठमाडौं – भारतको जेलमा ४० वर्ष बिताएर फर्किएका इलामका दुर्गाप्रसाद तिम्सिनाले नागरिकता पाएका छन्। भतिज गोपाल तिम्सिना र भिनाजुसहित जिल्ला प्रशासन कार्यालय इलाम पुगेका उनलाई सहायक प्रमुख जिल्ला अधिकारी देवीचरण फुयाँल र प्रशासकीय अधिकृत र धरेन्द्र चापागाईँले नागरिकता प्रमाणपत्र उपलब्ध गराएका हुन्।

बिनाकसुर ४० वर्ष भारतीय जेलमा बन्दी जीवन बिताएका उनको स्वास्थ्यमा समस्या देखिएकोले प्रदेश सरकारले निस्शुल्क उपचार गर्ने भएको छ।

Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर