Aamsanchar

नेपाल–खनाल समूहको केन्द्रीय कमिटीको बैठक भोली बस्ने

Author Image
बिहिवार, चैत १२, २०७७

काठमाडौं – नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। बैठक शुक्रबार बिहान ११ बजे नयाँ बानेश्वरको एक होटलमा बस्ने एमाले नेता युवराज ज्ञवालीले जनाकारी दिए। ज्ञवालीका अनुसार काठमाडौंमा उपलब्ध भएका सदस्यलाई बोलाएको छ।

ज्ञवालीले बैठकमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताए। यसअघि बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय समिति बैठक र संसदीय दलको बैठकमा माधव नेपाल पक्षका नेता तथा सांसदहरू सहभागी भएका थिएनन्।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली फागुन २३ पछि एकपक्षीय ढंगले पार्टी सञ्चालन गर्न खोजेको, मनोमानी केन्द्रीय सदस्यको मनोनयन गरेको तथा नेताहरुको जिम्मेवारी खोसेको भन्दै माधव-झलनाथ पक्षले समानान्तर गतिविधि गर्दै आएको छ।

यस्तै बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय कमिटीको बैठकले वरिष्ठ नेता नेपालसहित, भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। उक्त स्पष्टीकरणको प्रतिप्रश्न गर्दै जवाफ दिने तयारीमा नेताहरू जुटेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 206

प्रतिक्रिया (०)

सम्बन्धित खबर