विराटनगर – मोरङको कटहरी गाउँपालिका–७ थलाहामा रहेको एउटा कृषि फार्ममा बिहीबार बिहान भएको आगलागीमा परेर ३४ वटा खसी र ४० वटा कुखुरा जलेर मरेका छन्। देवेन्द्र भट्टराई र प्रतीक केसीले सञ्चालन गरेको सगरमाथा कृषि फार्ममा बिहान ४ बजेतिर अचानक आगलागी भएको हो। आगोले फार्ममा पालिएका खसी र कुरा मरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए। आगो लाग्नसाथ बाहिर निकाल्न नसकिएका कारण खसी र कुखुरा फार्मभित्रै जलेर मरेको उनले बताए।
घटनामा तीन लाख ५० हजार रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीको अनुमान छ। आगोले फार्म पनि पूर्ण रुपमा जलेको छ। स्थानीय बासिन्दा र प्रहरीले एक घण्टापछि आगो नियन्त्रणमा लिएका थिए। विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने बताउँदै डीएसपी राईले घटनाका बारेमा अनुसन्धान थालिएको जानकारी दिए।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 210