Aamsanchar

सुतेको खाटसहित बेपत्ता भएका झा दम्पतीको शव फेला

Author Image
बिहिवार, चैत १२, २०७७

महोत्तरी – महोत्तरीमा एक महिना अगाडि सुतेको खाटसहित बेपत्ता भएका झा दम्पतीको शव भेटिएको छ । पिपरा गाउँपालिका ५ का मुसाफिर झा र उहाँकी पत्नी गीतादेवीको महोत्तरीको पिपरा गाउँपालिका २ मा गाडिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

फेला परेको शव हराइरहेका झा दम्पतीकै भएको प्रहरीले पुष्टि गरेको छ । शव पाँच फिट तल गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । झा दम्पतीको हत्या वा अपहरण भएकोबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि दम्पतीको अपहरण गरेको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको थियो । पिपरा गाउँपालिका–५ सहोडवा बस्ने ५२ बर्षीय रामबाबु यादव, उनका छोराहरू २६ वर्षीय सुरेन्द्र यादव र २४ वर्षीय राजेन्द्र यादव र पिपरा– ६ बस्ने भारतीय नागरिक ५० वर्षीय हरेन्द्र ठाकुर पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर