Aamsanchar

मापसे गरेर सामुदायीक बनका सचिबमाथी दुर्व्यवहार गर्ने झिलझिलेका राई प्रहरी नियन्त्रणमा

Author Image
बिहिवार, चैत १२, २०७७

प्रतिकात्मक तस्वीर ।

दमक । सतासीधाम सामुदायीक बनका सचिव ईन्द्र सापकोटामाथी झापाको झिलझिलेमा दुर्व्यवहार भएको छ । सार्वजनिक स्थानमा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का धनवहादुर राईलाई नियन्त्रणमा लिएको छ ।

झिलझिले बजारको पुरानो सब्जी लाईनमा ६४ वर्षीय सापकोटामाथी स्थानीय चौतारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका राईले नशाका सुरुमा दुर व्यवहार गरेको सामुदायीक बनका अध्यक्ष हेमवहादुर थापाले बताए । उनले भने, ‘सार्वजनिक स्थानमा सामदायीक बनका सचिव सापकोटा माथि राईले मर्यादाको ख्यालै नगरी दुरव्यवहार गरेका हुन् ।’

सामुदायीक बनको सल्लाहकार समितिको गठनका विषयमा राईले अध्यक्ष थापालाई जिज्ञासा राखेका थिए । अध्यक्ष थापाले आफु दुई साता अघि मात्र निर्वाचित भएर अध्यक्षको पदबहाली गरेको बताउदै सामुदायीक बनको बिधानमा भएको व्यवस्था आफुलाई जानकारी नभएको बताएका थिए ।

राई र म बीच बादबिवाद भएकै बेलामा सचिव सापकोटा आईपुगेपछि सचिव माथि उनि आक्रोशित ढंगले खनिएको अध्यक्ष थापाले बताए । उनले बस भन्दै सचिव सापकोटालाई तानेको र उनि सवार मोटर साईकलको चावि खोसेको आफुले प्रत्यक्ष देखेको अध्यक्ष थापाले बताए । उनले भने ‘राईले आफु भन्दा करिव ३५ वर्ष जेठोको मर्यादाको ख्यालै नगरी सार्वजनिक स्थानमा दुर व्यवहार गरेका हुन् ।’

आरोपित राई माथि कानुनी कार्वाहिका लागि २ वटा निवेदन इलाका प्रहरी कार्यालय झिलझिलेमा आएको प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठले बताए । पीडित र पिडक दुबै जना सहोदर छिमेकी भएको इलाका प्रहरी कार्यालय झिलझिलेले बताएको छ ।

यता पीडित सापकोटाले आफुमाथि दुर व्यवहार मात्र नगरेर राईले कुटपिट गरेको बताएका छन् । ‘उनि मातेका थिए । मातेका मानिस संग विवाद गर्नु बेकार भन्दै म सवार हुने मोटरसाईकल लिएर हिडन खोज्दा कठालोमा समातेर मोटर साईकलको चावि खोस्दै म माथि कुटपिट गरे,’ उनले भने । ‘कुटपिटका कारण कानमा समस्या आएपछि विर्तामोडको विएण्सी अस्पतालमा म उपचार गराउदै छु ।’

पीडित सापकोटाले ईलाका प्रहरी कार्यलय झिलझिलेमा दोसी राईलाई कानुनी कार्वाहिका लागि निवेदन दिएका छन् । सामुदायीक बनले पनि सचिब माथि कुटपिट भएको भन्दै दोसी राईलाई कुटपिट र दुरव्यवहार सम्बधीको कसुरमा कार्वाहि गर्न माग गरेको छ । यो कसुरमा पीडकलाई तीन वर्ष कैद वा ३० हजार जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर