Aamsanchar

बिर्तामोडमा शिक्षाको क्षेत्रमा तक्षशिलाको भव्य उपस्थिती

Author Image
शुक्रवार, चैत १३, २०७७

बिर्तामोड । झापा बिर्तामोड–५ को तक्षशिला एजुकेशन फाउण्डेशनले १४ औं बार्षिकोत्सव तथा होली मिलन कार्यक्रम गरेको छ ।

फाउण्डेशनले शुक्रवार बिर्तामोडस्थित बिद्यालयमा साँस्कृतिक कार्यक्रमसहित बार्षिकोत्सव मनाएको हो ।

विगतका बर्षमा मन्टेस्वरी मात्र संचालन गर्दै आएको तक्षशिलाले यसै बर्षबाट कक्षा १ देखि १२ सम्मको अनुमती लिएर पठनपाठन सुरु गरेको हो ।

एक विगाहा १५ कठ्ठा जग्गा क्षेत्रफलमा फैलिएको बिद्यालयमा ओलम्पिक मिनी स्वीमिङ पुल, फुटवल ग्राउण्ड, वास्केटबल ग्राउण्ड, साइन्स ल्याव, कम्युटर ल्याव, आर्ट रुम, सार्वजनिक लाइव्रेरीलगायतका सुविधा रहेको बिद्यालयकी प्रिन्सिपल तथा निर्देशक श्रद्धा गिरी बोहोराले जानकारी दिइन् । उनले सानैदेखिको बिद्यालय सञ्चालन गर्ने सपना रहेको बताउँदै आवश्यक प्राविधिक ज्ञानसहित शान्त वातारणमा बिद्यार्थीको चाहाना अनुसारको शिक्षा बिद्यालयमा दिइने बताइन् ।

बिद्यालयले कक्षा १२ सम्मको स्वीकृति लिइसकेको फाउण्डेशनका अध्यक्ष दीपक गिरीले बताए । हाल कक्षा ६ सम्मको अध्यापन भइरहेको बिद्यालयमा एकसय ८० जना बिद्यार्थी रहेको अध्यक्ष गिरीले बताए । बिद्यालय २० करोडको लगानीमा सञ्चालनमा आएको अध्यक्ष गिरीले जानकारी दिए ।

कार्यक्रममा उपस्थितिलाई फाउण्डेशनका संस्थापक पूजा गिरीले स्वागत गरेकी थिइन् । बिद्यालयको निर्देशकमा मनिष गिरी र अंकित गिरी समेत रहेका छन् । कार्यक्रममा अभिभावक, बिद्यार्थी, शिक्षा क्षेत्रका विशिष्ट व्यतित्वहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)

सम्बन्धित खबर