Aamsanchar

एमालेको नेपाल–खनाल समूहका केन्द्रीय सदस्यको बैठक आज पनि

Author Image
शनिवार, चैत १४, २०७७

काठमाडौं-नेकपा एमालेको नेपाल–खनाल समूहका केन्द्रीय सदस्यको बैठक आज पनि बस्दैछ। कलंकीको एक पार्टी प्यालेसमा केहीबेरमा सुरु हुने बैठकमा हिजो संसदीय दलको बैठकमा भएका गतिविधिबारे नेताहरुले ब्रिफिङ गर्ने कार्यक्रम छ।

नेकपा एमाले ब्युँतिएपछि शुक्रबार नेपाल–खनाल समूह पहिलोपटक बालुवाटारमा भएको संसदीय दलको बैठकमा सहभागी भएको थियो। बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–खनाल समूहको माग बमोजिम फागुन २८ गतेको केन्द्रीय कमिटी बैठकले गरेको निर्णय फिर्ता नहुने अडान राखेका थिए। साथै‚ ओलीले स्पष्टीकरण सोधिएका वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावलको जवाफ नकारात्मक कोणबाट आएको भन्दै उनीहरु काराबाहीको भागिदार हुने बताएका थिए।

संसदीय दलको बैठकमा नेता नेपाल र रावल सहभागी भएनन्। बैठकमा नेपाल–खनाल समूहका नेताहरुले माओवादी केन्द्रसँगको एकता भंग भइसकेपछि २०७५ जेठ २ गतेबाट पार्टीका गतिविधि अघि बढ्नुपर्ने माग राखेका थिए। आजको केन्द्रीय सदस्यहरुको छलफलमा अब कसरी अगाडि जाने भन्ने विषयमा कुराकानी हुने नेता ठाकुर गैरेले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 203

प्रतिक्रिया (०)

सम्बन्धित खबर