रामेछाप-रामेछापको दोरम्बा गाउँपालिका-७ दोब्लामा रहेको खरपाखामा लागेको आगो निभाउन जाने क्रममा गएराति भिरबाट लडेर एक वृद्धको ज्यान गएको छ । भिरबाट लडेर ७० वर्षीय प्रभुलाल श्रेष्ठको ज्यान गएको हो । गएराति खरबारीमा आगलागी भएपछि निभाउन गएका उनी भिरबाट लडेर करिब १ सय मिटर तल पुगेका थिए ।
स्थानीयहरुले उद्धार गरि एम्बुलेन्समार्फत काठमाण्डौ लैजाने क्रममा उनको बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयो। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम मन्थली ल्याइँदै गरेको पनि प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 158