Aamsanchar

यस्तो योगआसनबाट महिनावारीमा हुने दुखाई कम गर्न लाभदायक

Author Image
आइतवार, चैत १५, २०७७

काठमाडौं-  महिलालाई महिनावारीको समयमा पेट र कम्मर दुख्न पीडाका कारण ओच्छ्यानबाट उठ्नसमेत मुस्किल पर्छ । धेरै महिलाहरुले औषधि समेत सेवन गरे पनि कम नहुने समस्या हुने गरेको पाइन्छ । चिकित्कका अनुसार यस्तो अवस्थामा औषधि सेवनगर्न खतरा हुन्छ । तर घरायसी उपचार तथा योग आसनबाट महिनावारीको समयमा धेरै सजिलो र पीडा कमहुने विशेषज्ञको राय छ । योग आसन अभ्यास गर्नाले महिनावारीमा हुने पेट तथा ढाडको दुखाई कम गराउन सकिन्छ ।

योगगुरु सारीका श्रेष्ठले आफू पनि महिला भएको हुनाले यस्तो समयको पीडा राम्रो सँग बुझ्ने बताउँदै महिनावारीको समयमा केही योग आसनले आराम दिने जानकारी दिनुभयो । उहाँको अनुसार बालासन र शिशु आसनमा बस्दा कम्मर दुखाई कम हुन्छ । बालासनमा एक शिशु जस्तै आसनमा बसिन्छ । खुट्टा पछाडि तर्फ राखेर शरीर झुकाइन्छ । साथै टाउको भूइँमा अड्याएर र हातहरू पनि खुल्ला रुपमा अघिल्तिर वा पछाडि तिर राखिन्छ । यो आसन गर्न एकदमै सजिलो छ, साथै कम्मर दुखाइ कम गर्न लाभदायक पनि छ । यसले कम्मरको मांसपेशीलाई आराम दिनुका साथै कब्जियतलाई निको पार्न पनि सहयोग गर्छ ।

यसैगरी सुप्त मत्स्येन्द्रासन पनि गर्न सकिने र यो सरल भएको पनि श्रेष्ठले बताउनुभयो । यो आसन गर्दा उत्तानो परेर सुत्नुपर्छ, त्यसपछि दाहिने घुँडालाई देबे्र हातको सहायताले देब्रेपट्टी नै अगाडि बढाउने साथै दाहिने हात र अनुहार भने दाहिने पट्टीफर्काउनुपर्छ । यो आसन मेरुदण्डको हड्डीलाई मजबुत गराउन सहयोग गर्छ । त्यस्तै आयुर्वेद डा।रुवि बज्राचार्यले योगले धेरै रोग कमगर्न मदत गर्ने जानकारी दिदै केही योग आसनबारे बताउनुभयो ।

उष्ट्रासन
‘उष्ट्र’ एक संस्कृत भाषाको शब्दहो । र यसको अर्थ ‘ऊँट’ हो । उष्ट्रासनलाई अंग्रेजीमा ‘क्यामेल पोज’ भनिन्छ । यो आसनगर्न सुरुमा घुँडा टेकेर बस्नुपर्छ । र टाउको मास्तिर फर्काएर दुबै हातले खुट्टा समाउनपर्छ । यसले कम्मर र काँधलाई मजबुत बनाउनुका साथै कम्मरको दुखाइकम गर्छ ।

मार्जरासन
मार्जरको अर्थ बिरालो हो । यस आसन गर्नका लागि सुरुमा दुबै हातलाई भुईंमा राख्नुपर्छ । त्यसपछि हातमा शरीरको भार राखि कम्मरलाई केहि माथि उठाउनु पर्छ । यो गर्दा पिठ्यु, गर्धन र टाउकोको भाग समान राख्ने र उठाएर गोल बनाउनुपर्छ । यसबेला शरीरको पूरा भार हात र घुँडाले थाम्नु पर्छ । मार्जरासनले काँध, कम्मर तथा पिठ्युको दुखाइ कम गरी शरीरमा रक्तसंचार समेत राम्रो सँग प्रवाह गर्छ ।

शवासन
शवासन, योग विज्ञानको महत्वपूर्ण आसनहो । आम रूपमा शवासन सरल आसनहो । किनकी कुनै पनि व्यक्ति उत्तानो परेर हातखुट्टा फैलाएर एकाग्रह हुने आसनहो । तर शवासन योग विज्ञानको सबैभन्दा कठिन आसनहरूमध्ये एक हो । यसमा एकाग्रता आवश्यक हुन्छ । यो अन्य योग गरिसकेपछि गरिने योग आसनहो । यो आसन गर्नाले शरीरको भित्री भागसम्म आराम मिल्छ ।

अपनासना
यो आसन गर्नाले कम्मरको दुखाई कम गर्छ । साथै पेटका मांशपेशीहरू मजबुत गराउन मद्दत गर्छ । यसले पेटमा रगतको सञ्चार पनि बढाउँछ । साथै यसले दुखाइबाट पनिआराम दिन्छ । यो आसनगर्दा उत्तानो परेर सुतिन्छ । त्यसपछिदुबै घुँडालाई हातले तानेर छातिमा टाँसिन्छ ।
वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। अधिकारका लागि सजग रहनुपर्ला। प्रतिस्पर्धी बढ्नाले केही चुनौती देखिनेछन्। काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष कमजोर रहनेछ। तापनि मिहिनेतले नियमित काम बन्नेछन् र सामान्य फाइदा पनि हुनेछ। प्रयत्न गर्दा भौतिक सुविधाका वस्तुहरू जुटाउन सफलता मिल्नेछ।

गोरखापत्रबाट

Views: 471

प्रतिक्रिया (०)

सम्बन्धित खबर