Aamsanchar

उडिरहेको विमानको आपतकालीन ढोका खोल्न खोजेपछी…

Author Image
आइतवार, चैत १५, २०७७

शनिबार दिल्लीबाट वाराणसी उडान गर्ने स्पाइस जेट विमानमा गौरव खन्ना नामका व्यक्तिले आपतकालीन ढोका खोल्न खोज्दा हल्लाखल्ला मच्चिएको छ। उनको यस्तो हर्कतले यात्रु र विमानका चालक दलका सदस्यहरूलाई समस्या पैदा गरिदिएको थियो। ति व्यक्तिले विमान आकाशमा उडिरहेका बेला आपतकालीन गेटमा पुगेर गेट खोल्न खोजेको आजतकले जनाएको छ।

स्पाइसजेटको एसजी २००३ एयरक्राफ्टमा एक व्यक्तिले दिल्लीबाट वाराणसी उडान गरिरहेका थिए। जबरजस्ती आपतकालीन गेट खोल्न को लागि प्रयास गरे।तत्कालै ती व्यक्तिलाई विमानका कर्मचारीले नियन्त्रणमा लिएका थिए।

विमानमा ८९ जना यात्रु सवार थिए। थियो। हल्ला गर्ने व्यक्ति गौरग्राम निवासी हुन्। उक्त घटना एक यात्रुले क्यामरामा कैद गरेका छन्। विमान वारारसको लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो। त्यहाँ एयरपोर्ट सुरक्षाकर्मी र सीआईएसएफका कर्मचारीले हिरासतमा लिएका छन्।

प्रारम्भिक सोधपुछ गरेपछि उनलाई फूलपुर प्रहरी चौकीको जिम्मा लगाइएको थियो। अहिले पुलिस गौरवको मेडिकल गरी थप कारवाहीमा जुटेको छ। उनको मानसिक अवस्थामा समस्या रहेको बताइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर