Aamsanchar

नेपालबाट घर फर्किँदै गरेका भारतीय नागरिकको मेची पुलमा मृत्यु

Author Image
आइतवार, चैत १५, २०७७

झापा – नेपाल भारतको सीमा नाका पर्ने भद्रपुरस्थित मेची पुलमा एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको विहार राज्य कटिहार जिल्ला बाषोई निवासी ६८ वर्षीय फजुल हकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोडस्थित मेची आँखा अस्पतालमा स्वास्थ्य जाँच गराएर घर फर्किने क्रममा हकको शनिवार साँझ मेची पुलमा मृत्यु भएको हो ।

बुबा दमको बिरामीसँगै रक्तचापका दीर्घ रोगी भएको र सोही रोगका कारण हिडदाहिडदै उनको लडेर मृत्यु भएको उनका छोरा अकबर अलि बताए । मृतक हकसँगै उनका छोरा अलि शुक्रवार आँखाको उपचार गराउन नेपाल आएका थिए । मृतकको साथबाट प्रहरी भारतीय आधार कार्ड र मेची आँखा अस्पतालको पुर्जा भेटिएको थियो ।

मृतक हक भारतीय नागरिक भएको प्रमाण भारतीय एसएसबीलाई देखाउँदा पनि उनको शवलाई भारत लैजान एसएसबीले अनुमति दिन मानेनन् । एसएसबीले मृत्यु भएको व्यक्तिको नाममा नेपालबाटै आधिकारिक पत्र बनाएर ल्याउनु पर्छ भन्दै शवलाई सीमा नाकामै रोकेर राखेका थिए ।

त्यसपछि उनका छोराले भद्रपुर नगरपालिका कार्यालयलाई शव लैजान भनी निवेदन दिएको र सोही निवेदनको आधारमा नगरपालिकाले सिफारिस पत्र बनाई दिएपछि मात्र एसएसबीले आइतबार बिहान शव लैजान भनी अनुमित दिएको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 288

प्रतिक्रिया (०)

सम्बन्धित खबर