Aamsanchar

दाङमा शिकारीले हानेको छर्रा लागेर एक व्यक्तिको मृत्यु, दुईजना शिकारी पक्राउ

Author Image
आइतवार, चैत १५, २०७७

दाङ । दाङको घोराही उपमहानगरपलिका वडा नम्बर १२ चम्पाखेलमा शिकारीले हानेको बन्दुकको छर्रा (गोली) लागेर एक व्यक्तिको मृत्यु भएको छ ।
घोराहीको चम्पाखेल भलानेरी सृजना सामुदायिक वनमा जंगली जनावर शिकार गर्ने क्रममा भरुवा बन्दुकको छर्रा हान्दा घोराही उपमहानगरपलिका वडा नम्बर १३ भ्युटावर टोल बस्ने टेकबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । छर्रा लागेका गुरुङको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
घटनामा सम्लग्न शिकारीहरु घोराही उपमहानगरपलिका वडा नम्बर १३ बस्ने बर्ष ३५ का मधु शर्मा र सोही ठाउँका बर्ष २७ का भिम घर्तीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका शर्मा र घर्तीको साथबाट ४ फिट ८ ईन्च लामो एक थान भरुवा बन्दुक बरामत गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर