Aamsanchar

जहाजभित्र एल्बम विमोचन गरी वरिष्ठ गीतकार प्रधानद्वारा विश्व कीर्तिमान

Author Image
आइतवार, चैत १५, २०७७

काठमाडौं- वरिष्ठ गीतकार हरि गोपाल प्रधानले हवाईजहाजभित्र आफ्नो ‘यो मुटुमा सधैभरि’ नामको सांगीतिक एल्बम विमोचन गरी विश्व कीर्तिमान रचेका छन्। काठमाडौंदेखि नयाँदिल्लीका लागि उडेको नेपाल वायुसेवा निगमको जहाजभित्र ३६ हजार फिटको उचाइमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरबाट एल्बम विमोचन गरेर वर्ल्डबुक अफ रकेर्डसमा कीर्तिमान कायम गरेका हुन्।

प्रधानलाई उपराष्ट्रपति नन्द बहादुर पुनले विश्व रेकर्डसको प्रमाणपत्र हस्तान्तरण गरेका छन्। राज्यमन्त्री मानन्धर, वर्ल्डबुक अफ रकेर्डस् नेपालका अध्यक्ष सागर कट्वाल, हिपहप किङ्ग निर्णय श्रेष्ठले दोसल्ला, वर्ल्डबुक अफ रकेर्डसको पिन एवं माला लगाई विश्व कीर्तिमानी प्रधानलाई सम्मान गरे।

एल्बममा राष्ट्रिय समाचार समिति ९रासस० का फोटो पत्रकार(मोडल प्रदीप राज वन्त र नायिका मोडल कृजना डंगोल, सिनोमटोग्राफर(सम्पादक सोहन मानन्धर तथा कोरियोग्राफी डाइरेक्सन आराध्या लक्ष्मी खड्गीको रहेको छ।

एल्बममा गायिका सरीता अधिकारी, संगीतकार किशोर खतिवडा, वरिष्ठ संगीत एरेन्जर, अमूल कार्की ढली, रेकर्डीस दीप तुलाधर, फोटोग्राफर(प्रोडक्सन राजेश मानन्धर, फोटोग्राफर(प्रोडक्सन पद्यमसागर कक्षपति, ड्रेस डिजाइनर शोभा महर्जन, ड्रेस डिजाइनर कुसुम श्रेष्ठ, मोडेल कलाकार कुसुम तामाङ, मेघना महर्जन, निलम तामाङ्ग, नेहा महर्जन, सिंगार हिमा पुन मगर, सिंगार मनु थापा मगर, रेखा बलामी, प्रोडक्सन मेनेजर निकेश सुवेदी र निर्माता शब्दयात्रा प्रकाशन, परिवार छन्।

Views: 330

प्रतिक्रिया (०)

सम्बन्धित खबर