Aamsanchar

होली मेलामा युवाहरुबीच भएको झडपमा परी मृत्यु हुने २ जनाको परिचय खुल्यो

Author Image
सोमवार, चैत १६, २०७७

बागलुङ – बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा परी मृत्यु हुने दुई जनाको परिचय खुलेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार मृत्यु हुनेमा बडिगाड गाउँपालिकाका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाई रहेका प्रहरी नायव उपरीक्षक इग्वाल हवारीले बताए।

उनीहरुको शव प्रहरीले दर्लिङको बल्देधुरी भीरमा ५ सय मिटर तल खसेको अवस्थामा फेला पारेको हो। दुई युवा समूहबीच झडप हुँदा हताहती भएको वडा नं. ९ का अध्यक्ष कृष्ण बहादुर खत्रीले बताए। गुल्मी, बागलुङ र प्युठानको समेत सीमा बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप भएको प्रहरीले जनाएको छ। उक्त झडपमा अन्य केही पनि घाइते भएका प्रहरीले जनाएको छ। तर कति जना झडप भएको भने जानकारी आइनसकेको प्रहरीले जनाकारी दिएको छ।

घटनास्थल मानव बस्तीभन्दा केही टाढा पर्छ। त्यहाँ प्रहरी तथा जनप्रतिनिधि पुग्न समय लागेकाले घटनाको विवरण आउन समय लागेको हो। आइतबार दिउँसो बडिगाड–१० बल्देधुरीमा तीन जिल्लाका करिब ६ सय जना त्यहाँ उपस्थित भएका थिए। स्थानीयका अनुसार झडपपछि बागलुङकै निसिखोला गाउँपालिका– ७ र बडिगाड–१० का केही युवा बेपत्ता भएका आंशका गरिएको थियो। घटनापछि प्रहरी त्यहाँ पुगेको छ। घाइते र घटनामा संलग्नको खोजी भइरहेको हवारीले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 335

प्रतिक्रिया (०)

सम्बन्धित खबर