Aamsanchar

इलामको इलाम नगरपालिका र रोङ गाउँपालिका लगायतका केही स्थानीय तहले भने स्कुल बन्द नगर्ने

Author Image
सोमवार, चैत १६, २०७७

झापा – केही स्थानीय तहले आफ्नो क्षेत्र वरपर वातावरणीय असहज नरहेको भन्दै शैक्षिक संस्थाहरु नियमित संचालने गर्ने जनाएका छन् । विराटनगर महानगरपालिका, इलामको इलाम नगरपालिका र रोङ गाउँपालिका तथा तनहुँको भिमाद नगरपालिकाले आज विज्ञप्ती जारी गर्दै विद्यालयहरु बन्द नगर्न निर्देशन दिएका हुन ।

त्रिभुवन विश्वविद्यालयका परीक्षा भने जारी रहने त्रिवि रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले जानकारी दिएको छ । महाशाखा प्रमुख योगेन्द्र प्रसाद दाहालले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका निकायहरूका नियमित प्रशासनिक कार्यहरू यथावत सञ्चालन हुने गरी भोली देखी आगामी शुक्रबारसम्म पठनपाठन बन्द गरी विद्यार्थीहरूलाई बिदा दिने निर्णय गरिएको जानकारी दिनुभयो । त्रिभुवन विश्वविद्यालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीईभीटी लगायतका संस्थाले शैक्षिक क्रियाकलाप बन्द भएपनि पूर्व निर्धारित परीक्षा जारी राख्ने जनाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 570

प्रतिक्रिया (०)

सम्बन्धित खबर