Aamsanchar

सुतेकै ठाउँमा सुँगुर मार्ने झिरले रोपेर हत्या गरेको आरोपमा १ जना पक्राउ

Author Image
मङ्गलवार, चैत १७, २०७७

इनरुवा – सुनसरी इटहरी उपमहानगरपालिका-२ मा सोमबार एकजनाको हत्या भएको छ । स्थानीयवासी केशव कार्कीको हत्या भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्र कार्कीले बताए । सुतेकै ठाउँमा सुँगुर मार्ने झिरले रोपेर कार्कीको हत्या गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

हत्या गरेको आरोपमा छिमेकी जीवनाथ रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । छिमेकीको हत्या गरी भागिरहेको अवस्थामा रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो । पुरानो रिसइबी साँध्नका लागि रेग्मीले कार्कीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर