Aamsanchar

खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर भोजपुरमा पिखुवा हाइड्रोपावरका एक मजुदरको मृत्यु

Author Image
मङ्गलवार, चैत १७, २०७७

भोजपुर – पिखुवा खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। पिखुवा हाइड्रोपावरका मजुदर कञ्चनपुरको महेन्द्रनगरका ३४ वर्षीय रामबहादुर आले मगरको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख कृष्णकुमार चन्दले जानकारी दिए।

‘माछा मार्ने क्रममा पिखुवा खोलामा एकजना ढलेको भन्ने हामीलाई जानकारी आएपछि प्रहरी टोलीसहित म घटना स्थलमा पुगे‚’ प्रमुख चन्दले भने, ‘त्यहाँ पुग्दा तार समातेको अवस्था शव फेला पर्‍यो। नजिकै उनले मारेको माछा र ढडिया समेत पनि फेला परेको छ। घटनाको प्रकृति हेर्दा करेन्ट लागेर ज्यान गएको देखिन्छ। पोष्टमार्टम रिपोर्टपछि थप अनुसन्धान हुन्छ।’

स्थानीयले माछा मार्ने क्रममा मानिस खोलामा ढलेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। मगरको औँलाको कापमा करेन्टले पोलेको डाम समेत रहेको प्रहरीको भनाइ छ। शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुरमा राखिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 257

प्रतिक्रिया (०)

सम्बन्धित खबर