Aamsanchar

पुवाँर खड्का बन्धु उत्थान सेवा समाज झापाको अध्यक्षमा गणेश, तिलरुपा द्वारा ९० लाख पर्ने जग्गा दान

Author Image
मङ्गलवार, चैत १७, २०७७

चारपाने । पुवाँर खड्का बन्धु उत्थान सेवा समाज जिल्ला कार्यसमिति झापाको प्रथम साधारारणसभा तथा अधिवेशन सम्पन्न भएको छ ।
सेवा समाजका अध्यक्ष भिमबहादुर खड्काको अध्यक्षता र बन्धु समाजका जेष्ठ सदस्य मध्येका चन्द्रबहादुर खड्काको प्रमुख आथित्यतामा अधिवेशन सम्पन्न भएको थियोे ।
शनिबार झापाको अर्जुनधारान गरपालिका वडा नं. ५ स्थित लक्ष्मीपुरमा सम्पन्न अधिवेशन तथा बन्धु भेलाबाट ३ बर्षे कार्यकालकोलागि नयाँ कार्यसमिति पनि चयन गरिएकोे छ ।
नव गठित कार्यसमिति पदाधिकारीहरुमा अध्यक्ष गणेशबहादुर खड्का, वरिष्ठ उपाध्यक्ष चन्द्रबहादुर खड्का, उपाध्यक्ष तारदेवी खड्का, सचिव प्रितम खड्का, कोषाध्यक्ष युवराज खड्का, सहसचिव कुमार खड्का त्यसैगरी कार्यसमिति सदस्यहरुमा देवनारायण खड्का, कृष्णबहादुर खड्का, सिताराम खड्का, दिपक खड्का, हरिशंकर खड्का, गंगाबहादु खड्का, प्रलादकुमार खड्का, दिपक खड्का, राजन खड्का, रोश्नी खड्का सर्वसम्वत चयन भएका छन् । त्यसैगरी सल्लाहाकार समिति भने कार्यसमितको पहिलो बैठकले चयन गर्ने नव नियुक्त अध्यक्ष गणेश खड्काले जानकारी दिए ।

कपिल गोत्रिय पुवाँर खड्का बन्धु उत्थान झापा जिल्ला समितिकोलागि बिर्तामोड निवासी तिलरुपा खड्काले यातायात कार्यालय छेउको ९० लाख रकम बराबरको १ कठ्ठा जग्गा दान दिने घोषणा गरेकी छन् । खड्काले आफ्ना दिवंगत सासु–ससुराको नाममा उक्त जग्गा दान दिएको बताईन् ।

बन्धु उत्थानका लागि अबको हरेक कार्यसमिति अध्यक्षलाई सम्मान र संस्था प्रति अझ कृयाशिल बनेर काम गर्ने हौशला प्रदान गर्न र हरेक औपचारिक कार्यक्रममा अनिवार्य चेन लगाउने परंपरा विकास गर्न भन्दै ठगबहादुर खड्का र उहाँकी श्रीमती तारादेवी खड्काले पुवाँर खड्का बन्धु उत्थान सेवा समाजका लागि ३१ तोलाको चाँदीको चेन उपलब्ध गराएका छन् ।

कार्यक्रममा उपाध्यक्ष गाणेश खड्काले स्वागत, सल्लाहकार सदस्य डम्बरबहादुर खड्काले औचित्यमाथी प्रकास, द्विपनारायण खड्काले सदस्य प्रतिवेशन र कोषाध्यक्ष विश्वजित खड्काले आर्थिक र अध्यक्ष भिमबहादुर खड्काले अध्यक्ष प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन कार्यसमिति सदस्य युवराज खड्काले गरेका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर