Aamsanchar

भद्रपुर प्रथम मेयर कप वडास्तरीय कबड्डी प्रतियोगिताको उपाधि वडा न ८ र ५ लाई

Author Image
मङ्गलवार, चैत १७, २०७७

भद्रपुर । झापाको भद्रपुरमा जारी प्रथम मेयरकप वडास्तरीय नकआउट कबड्डी प्रतिथयोगिताअन्तर्गत पुरुषतर्फको उपाधि वडा नं ८ ले र महिलातर्फको उपाधि वडा नंं ५ ले जितेको छ ।
मेची रंगशालाको कभर्डहलमा भएको पहिलो खेलमा पुरुषतर्फ वडा नं ८ ले वडा नं ६ लाई ५ अंकले पराजित गर्यो । निर्धारित समयमा वडा नं ८ ले ६६ अंक जोड्दा वडा नं ६ ले ६१ अंक मात्र जोड्न सक्यो । मध्यान्तरअघि अग्रता लिएको वडा नं ६ ले मध्यान्तरपछि लय गुमाउँदा अग्रता कायम राख्न सकेन ।
यसैगरी, महिलातर्फ महिलातर्फ वडा नं ५ ले उपाधिमा कब्जा जमायो । वडा नं ५ वडा नं ९ लाई १३ अंकले पछि पार्दै विजेता बनेको हो । वडा नं ५ ले ७१ अंक जोडदा वडा नं ९ ले ५८ अंक मात्र प्राप्त गर्न सक्यो ।
विजेता टिम तथा खेलाडीलाई समापन समारोहका प्रमुख अतिथि १ नं प्रदेशसभा सदस्य वसन्त बानियाँ नगरप्रमुख जीवनकुमार श्रेष्ठ, सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाका प्रहरी उपरीक्षक रमेशनाथ पाण्डेलगायतले विजेता टिम तथा खेलाडीलाई नगद पुरस्कार, शील्ड तथा मेडल प्रदान गर्नुभयो ।
जीतसँगै पुरुषतर्फको विजेता वडा नं ८ ले रु. २० हजार नगद, शील्ड तथा मेडल प्राप्त गरेको छ भने उपविजेता वडा नं ६ ले १० हजार नगद, शील्ड तथा मेडल प्राप्त गरेको छ ।
महिलातर्फको विजेता वडा नं ८ ले पनि २० हजार नगदसहित शील्ड तथा मेडल प्राप्त गरेको छ भने वडा नं ९ ले १० हजार नगदसहित शील्ड तथा मेडल प्राप्त गरेको छ ।
तेस्रो स्थानमा पुरुषतर्फ वडा नं ७ र महिलातर्फ वडा नं ५ ले नगद ५ हजार पुरस्कार प्राप्त गरेको कबड्डीका पूर्व राष्ट्रिय खेलाडी एवम् प्रशिक्षक रतिया राजवंशीले जानकारी दिए ।
नगर खेलकुद विकास समितिका संयोजक श्यामकुमार राउतको अध्यक्षतामा नगरपालिकाको युवा शिक्षा तथा खेलकुद शाखा प्रमुख प्रेम भुजेलले सञ्चालन गरेको समापन समारोहमा प्रमुख अतिथि बानियाँ, नगरप्रमुख तथा कबड्डीका पूर्व अन्तर्राष्ट्रिय खेलाडी जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रा श्रेष्ठलगायतले शुभकामना मन्तव्य राख्दै भद्रपुर नगरको खेलकुदको विकासमा सरोकारवाला निकायहरुले सहयोग पुर्याउने बताउनु भएको थियो ।
सोही समारोहमा कबड्डीका रोष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा भद्रपुरको तर्फबाट प्रतिनिधित्व गर्दै भद्रपुरको गरिमा र पहिचान उजागर गर्न योगलान पुर्याएको भन्दै भद्रपुर क्षेत्रका कबड्डीका पूर्व खेलाडीहरुलाई सम्मान पनि गरिएको थियो ।
ओझेलमा पर्दै गएको कबड्डी खेललाई प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको र यसबाट नगरस्तरीय सशक्त टिम निर्माण गरिने खेलकुद समितिका संयोजक राउतले जानकारी दिनुभयो ।
प्रतियोगितामा महिला खेलाडीका लागि ७५ केजी र पुरुष खेलाडीका लागि ८० केजी सम्मको तौल निर्धारण गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर