Aamsanchar

‘मौसमी प्रणालीमा उल्लेख्य परिवर्तन नभए सम्म वायु प्रदूषण यथावत’

Author Image
बुधवार, चैत १८, २०७७

काठमाडौं । शुक्रबासम्म वायु प्रदूषण यथावत रहने भएको छ । मौसमी प्रणालीमा उल्लेख्य परिवर्तन नआउँदा केही दिनबाट देखिएको प्रदूषण अझै कम्तिमा शुक्रबारसम्म रहने भएको हो ।

“हावाको गति तिव्र हुने र वायु प्रदूषण हट्ने पूर्वानुमान गरेका थियौं । तर, हावाको गति बढेन । त्यसैले वायु प्रदूषण पनि हट्न सकेन,” मौसम्विद् प्रतिभा मानन्धर भन्छिन्, “पश्चिमी मौसमी प्रणाली केही रहे पनि त्यो स्ट्रङ भइसकेको छैन, त्यसैले तत्काल पानी पर्ने सम्भावना पनि रहेको छैन । ठूलो पानी नपरेसम्म वायु प्रदूषण हट्ने छैन ।”

मंगलबार भिजिविलिटी केही बढी भए पनि यो कम्तीमा ७२ घण्टासम्म स्थिर रहने मानन्धर बताउँछिन् । जल तथा मौसम विज्ञान विभागले ७२ घण्टाको मौसमी प्रणाली मात्रै पूर्वानुमान गर्छ । त्यसैले यो अवस्था थप लम्बिन पनि सक्छ ।

“ठूलो पानी नपरेसम्म र जंगलमा लागेको डडेलो ननिभेसम्म वायु प्रदूषण हट्दैन । दुबै तत्काल हुने सम्भावना देखिएको छैन,” उनले भनिन् ।

वायु प्रदूषण उच्च भएकै कारण सरकरले हिजोबाट चार दिनका लागि विद्यालय बन्द गराएको छ । स्वास्थ्य मन्त्रालयले अत्यावश्यक अवस्थाबाहेक घरबाहिर ननिस्कन भनेको छ भने निस्किनै परे अनिवार्य मास्क लगाउन आग्रह गरेको छ ।

वायु प्रदूषणले आँखा चिलाउने, स्वासप्रस्वासमा समस्या हुने, टाउको दुख्ने जस्ता समस्या देखिन सक्ने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 253

प्रतिक्रिया (०)

सम्बन्धित खबर