Aamsanchar

ओखलढुङ्गामा चट्याङ लागेर एकजनाको मृत्यु

Author Image
बुधवार, चैत १८, २०७७

ओखलढुङ्गा – ओखलढुङ्गामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। ओखलढुङ्गाको खिजिदेम्बा–६ भित्तेस्थितमा बस्ने ५८ वर्षीया पासाङ शेर्पाको चट्याङ लागेर मृत्यु भएको ओखलढुंगा प्रहरीले जनाएको छ।

मंगलबार बेलुका साढे ७ आफ्नै घरमा बसिरहेको अवस्थामा वर्षासँगै आएको चट्याङले पासाङलाई लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 310

प्रतिक्रिया (०)

सम्बन्धित खबर