Aamsanchar

आफैंले चलाएको बन्दुकको गोली घाँटीमा लागेर घाइते भएका चन्दको मृत्यु

Author Image
बुधवार, चैत १८, २०७७

बैतडी-गोली लागेर गम्भीर घाइते भएका बैतडीका एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा मेलौली नगरपालिका(३ ढडौनका २५ वर्षीय लक्ष्मण चन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी जानकारी दिए।

घाइते चन्दको बैतडीमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको थियो। काठमाडौंमा पनि उपचार हुन नसक्ने भन्दै घर लैजान भनिएपछि अत्तरिया पुग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

चैत १४ गते घरमै रहेका बेला आफैंले चलाएको बन्दुकको गोली घाँटीमा लागेर चन्द घाइते भएका प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक अधिकारीका अनुसार चन्दको घरबाट बन्दुक बरामद गरिएको छ। उनले किन बन्दुक चलाए भन्नेबारे खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर