काठमाडौं : सरकारले हालै चीनबाट ल्याएको खोप खोप ४० वर्ष माथिका नागरिकलाई लगाउने भएको छ। स्वास्थ्य मन्त्रालयको नियमति प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले भने, ‘बढ्दो संक्रमणलाई मध्यनजर चीन सरकारबाट प्राप्त खोप सम्बन्धमा सुझाव प्राप्त भएका छन्। पूर्वाधारयुक्त अस्पतालबाट ४० वर्षदेखि ५९ वर्षसम्मकालाई खोप दिइनेछ।’
सिनोफार्मको ‘सेरो भेल’ खोप लगाउने व्यक्तिलाई फरक खालको कार्ड बनाएर दिने निर्णय भएको गाैतमले जानकारी दिए। राष्ट्रिय खोप समितिसँग परामर्श गरी निर्णय गरिने उनले जनाए।
चीन सरकारले निर्माण गरेको कोभिडविरुद्ध खोप सोमबार काठमाडौं आइपुगेको थियो। अनुदानस्वरुप हस्तान्तरण गरिएको ८ लाख डोज खोप चिनियाँ दूतावासका प्रतिनिधिले एक कार्यक्रम गरी स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेका थिए।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 326