विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले मन्त्रालयका आगामी प्राथमिकता र कार्यक्रम सार्वजनिक गर्नुभएको छ । मन्त्रालयको पदभार ग्रहण गरेको ६ दिनपछि पत्रकार सम्मेलनगरि मन्त्रालयका सवै कार्यक्षेत्रलाई समेटेर आगामी प्राथमिकता र कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।
दोश्रो चरणको कोरोना संक्रमण बढ्ने संभावनालाई ध्यानमा राखी कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई पुन ः सञ्चालनको तयारी गरिएको उहाँले बताउनु भयो । पुनः सञ्चालनकालागि अस्पतालको निरीक्षण गरि आवस्यक निर्देशन पनि दिनुभएको बताउनु भएको छ । मन्त्री राईले प्रदेशमा रहेका यसअघि कोरोना उपचारमा संलग्न अस्पताललाई तयारी अवस्थामा राख्न आग्रह समेत गर्नुभएको बताउनु भयो ।
उहाँले सवै जिल्ला अस्पतालहरुलाई कम्तिमा १० वेड सम्मको कोभिड आईसोलेसन वार्ड तयार गरि उपचारको व्यवस्थापनकालागि निर्देशन दिईने बताउनुभयो । सामाजिक विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री राईले आगामी कार्ययोजना सार्वजनिक गर्नुभएको छ । उहाँले स्वास्थ्यवीमा कार्यक्रमले नसमेटेका र पैसाको अभावमा उपचार गर्न नसक्ने गरिव जनताकालागि आवस्यक कार्यविधि र मापदण्ड बनाएर लागु गरिने बताउनु भएको छ । उहाँले विद्यालयशिक्षाको गुणस्तरमा सुधार गर्न भौतिकपूर्वाधार निर्माण, विस्तार तथा जनशक्तिको क्षमता विकास काकार्यक्रम सञ्चालनगरिने बताउनुभयो । मन्त्री राईले महिलाको सुरक्षाको सवालमा अन्तर मन्त्रालय समन्वयगरि विशेष ध्यानदिईने बताउनु भएको छ ।
प्रदेश स्तरमा सञ्चालित जेष्ठ नागरिक लक्षित दन्त उपहार तथा आँखा उपचार कार्यक्रम सञ्चालनकालागि योजना बनाएर लागु गरिने उहाँले बताउनु भयो । स्थानीयतह, प्रदेश सरकार र सामाजिक विकास संस्था सँगको सहकार्यमा सडक आश्रित, सहयोगापेक्षीमानवमुक्तप्रदेश निर्माण कार्यलाई निरन्तरतादिईने सामाजिक विकास मन्त्री राईले बताउनुभयो । उहाँले प्रदेश खेलकुद बोर्ड र जिल्ला खेलकुद विकास समितिहरु चाडै गठन गरिने बताउनुभयो ।
सामाजिक विकास मन्त्रालयबाट सम्पादनगर्नुपर्ने कार्यहरुलाई आवस्यक पर्ने ऐन, नियमावली, कार्यविधिआदिको तर्जुमा गर्ने र विद्यमान कानूनहरुको समयानुकुल शंसोधनगरिदै लगिने उहाँले बताउनुभयो । मन्त्री राईले व्याण्ड भर्सेज ब्राण्डको अवधारणा अनुसार नेपालीकोदोको रक्सिलाई ब्राण्डिङ गर्ने कार्यको बारेमा कानूनी र व्यवहारिक पक्षको अध्ययनगरि लागू गरिने बताउनुभयो ।