Aamsanchar

रोटरी क्लव बिर्तामोडद्वारा फिल्टर सहितको खानेपानी धारा जडान

Author Image
शुक्रवार, चैत २०, २०७७

झापा । झापाको मेचीनगरपालिका – ७ इँटाभट्टा नजिकै रहेको सरस्वती प्राथमिक विद्यालयमा रोटरी क्लव अफ बिर्तामोडले खाने पानीको सहज उपलब्धता गराएको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि शुद्ध पिउने पानीका लागि ‘ड्रिङ्किङ वाटर हेण्डवास प्रोजेक्ट’ अन्तरगत फिल्टर सहितको खाने पानीको धारा जडान गरिएको हो ।

रोटरी क्लव ३२९२ कि एसिस्टेन्ट गर्भनर सपना रिजालको प्रमुख आतिथ्यमा विद्यालयमा आयोजित कार्यक्रमकाबीच दुई लाख ५० हजार रुपैयाँको लागतमा फिल्टर सहितको धारा जडान गरिएको हो । सो कार्यमा एक्सल डेभलवमेन्ट बैंकले समेत एक लाख रुपैयाँ सहयोग गरेको बताइएको छ ।

रोटरी क्लव अफ बिर्तामोडका अध्यक्ष निर्मल भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा मेचीनगर ७ का वडाअध्यक्ष चन्दन मेचे, एक्सल डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश पोखरेल,विद्यालयका सञ्चालक समिति अध्यक्ष हिरामोहन राजवंशी, प्रधानाध्यापक फूलमाया बुढाथोकी लगायतले बोल्नु भएको थियो ।

फिल्टर प्लान्टका विषयमा सुरेश वंसलले जानकारी गराएको कार्यक्रममा राजकुमार पोखरेलले स्वागत गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन रोटरीयन सञ्जीव घिमिरेले गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 361

प्रतिक्रिया (०)

सम्बन्धित खबर