Aamsanchar

धनुषाको छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला

Author Image
शुक्रवार, चैत २०, २०७७

जनकपुरधाम – धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३ पर्सा पकडिया र औरही गाउँपालिका–३ स्थित कपटौलमा बिहीबार दुई जनाको शव फेला परेको हो छ। जिल्ला प्रहरी कार्यालय धनुषाकाअनुसार पकडियामा आँपको बगैँचामा शव फेला परेको हो। उक्त पुरुषको परिचय खुल्न भने सकेको छैन्। स्थानीयका अनुसार उनी मागेर खान्थे यद्यपी उनलाई कसैले हत्या गरेर बगैँचामा फालेको हुनसक्ने अनुमान स्थानीयको रहेको छ।

यता कपटौलमा मृत फेला परेका ४० वर्षीय पुरुष औरही गाउँपालिका ३ का विजय मण्डल रहेको प्रहरीले जाकारी दिएको छ। उनलाई गम्छाले (तौलिया)ले घाँटी थिचेर हत्या गरेको हत्याको झै देखिन्छ। चैते धान रोप्न भनी गएका उनी खेतबाटै नै बेपत्ता भएका थिए। दुवै शव पोष्टमार्टमका लागि जनकपुर ल्याइएको छ। इलाका प्रहरी कार्यालय औरहीका इन्चार्ज प्रहरी नायब निरीक्षक सन्तोष झाले घटना विषयमा अनुसन्धान भइरहेको बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 219

प्रतिक्रिया (०)

सम्बन्धित खबर