Aamsanchar

याङ्ग्री र लार्केको पानी ३ वर्षभित्र काठमाडौंमा ल्याउने प्रधानमन्त्री ओलीको घोषणा

Author Image
शुक्रवार, चैत २०, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले याङ्ग्री र लार्केको पानी ३ वर्षभित्र काठमाडौंमा ल्याउने बताएका छन्। शुक्रबार काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले २०८१ को नयाँ वर्षमा याङ्ग्री र लार्केको पानी ल्याउनुपर्ने बताएका हुन्।

मेलम्चीको सुरुङ बनिसकेकाले याङ्ग्री र लार्केको पानी ल्याउन गाह्रो नभएको उनको भनाइ थियो।’प्राविधिक रुपमा कति लाग्छ थाहा छैन, तर तीन वर्षभन्दा बढी लाग्नु हुँदैन,’ उनले भने। उनले त्यसैअनुसार तदारुकताका साथ काम गर्न खानेपानी मन्त्रालयलाई निर्देशनसमेत दिए।

नेपालीको इतिहास गौरवपूर्ण भएकाले हाम्रो आधुनिक क्षमताले यही ढंगले सबै सम्भव भएको बताए। साथै उनले फरक प्रसंगमा प्रतिगमनकारी आफू नभएको र नबुझ्नेहरूले आरोप लगाएको पनि दाबी गरे। मेलम्चीको पानी आउनु काठमाडौंबासीका लागि सबैभन्दा खुसी क्षण भएको पनि बताए।

पुराना सिस्टमहरू हेरफेर गर्दै जानुपर्ने र नयाँ व्यवस्था गर्दै जाने उनले बताए। मेलम्ची सफल भएको र पानी वितरण अनवरत हुने पनि उनले त्यस क्रममा बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर