Aamsanchar

अब गरामनीमा नै कम्प्युटर इन्टीच्युट

Author Image
शुक्रवार, चैत २०, २०७७

झापा- स्थानिय ठाउँमानै प्राबिधिक ज्ञान दिने उदेश्यले झापाको गरामनीमा स्मार्ट कम्प्युटर इन्टीच्युट सञ्चालनमा आएको छ । बिर्तामोड नगरपालिका ७ गरामनीमा स्थानीय युवाहरुको सक्रियतामा कम्युटर कक्षासहित ट्युसन साथै प्रबिधि सम्बन्धि विभिन्न कक्षाहरु संञ्चालनमा आएको हो । हाल सो स्थानमा यस्ता विषयमा सिकाई केन्द्र नभएकाले बिद्मार्थी तथा स्थानीयबासी बिर्तामोड केन्द्रित हुँदै आएका छन् ।

बैदेशिक रोजगारीको सट्टा स्वदेशमै पनि केहि गर्न सकिन्छ भन्ने उद्देश्यले संस्था स्थापना गरिएको संचालक मध्येका एक अच्युत सुबेदीले बताए । कम्प्युटर लगायतका सिकाईका केन्द्रहरु नहुँदा समस्या भएकाले स्थानिय ठाउँमै यस्तो कक्षा संञ्चालन गरिएको अर्का संञ्चालक यदु गौतमले बताए । १५ लाख लगानीमा स्थापना गरिएको ईन्स्टिच्युट बालमैत्री हुने र नयाँ वर्षको अवसरमा विशेष छुटको व्यवस्था गरिएको संचालक सुवेदीले बताए । ब्राइट फ्युचर मन्टेसरीका संचालक समेत रहेका उनले कक्षा नर्सरीदेखि स्नातकसम्म ट्यूसन कक्षाहरु पनि पढाई हुने जानकारी दिएका छन् । यसका साथै कम्प्युटर मर्मत, पाट्स बिक्रि, सिसि क्यामेरा जडान लगायतका कार्यसमेत हुने जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)