Aamsanchar

डढेलोमा परेर बालिकाको मृत्यु

Author Image
शनिवार, चैत २१, २०७७

गुल्मी – घरबाट नुहाउन गएकी नौ वर्षीय संगीता परियारको जगंलमा लागेको डढेलोमा परी मृत्य भएको छ। धुर्कोट गाउँपालिका-७ की संगीता घरनजिकै खोलामा नुहाएर फर्किने क्रममा धाराखोली बले सल्ला सामुदायिक वनमा लागेको डढेलीमा परी शुक्रबार दिउँसो करिब १ बजे जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

Views: 225

प्रतिक्रिया (०)

सम्बन्धित खबर