काठमाण्डौ- म्यानमारबाट आएका शरणार्थीहरुलाई खाना र औषधि उपचारको व्यवस्था गर्न तयार रहेको भारतले जनाएको छ । भारतका गृहमन्त्री अमित शाहले आफूहरु म्यानमारबाट आएका शरणार्थीहरुलाई खाना र औषधिको व्यवस्था गर्न तयार रहेको तर अवैध घुसपैठलाई भने प्रोत्साहित गर्न नसक्ने प्रतिक्रिया दिनुभएको छ ।
म्यानमारमा दैनिकजसो हिंसात्मक प्रदर्शन भएसँगै त्यहाँका नागरिकहरु अवैध रुपमा भारत प्रवेश गरिरहेको भन्दै उहाँले अवैध प्रवेशलाई रोक्नुपर्ने तर भारत आएकाहरुलाई आवश्यक व्यवस्थापन गर्न आफूहरु तयार रहेको बताउनुभएको हो । म्यानमारबाट आएका नागरिकहरुलाई खाना र स्वास्थ्यको समस्या भएको छ भने उनीहरुलाई शिविर स्थापना गर्न र आवश्यक सहयोग गर्न तयार रहेको गृहमन्त्री शाहको भनाइ छ । तर म्यानमारबाट अवैध घुसपैठ बढाउन भने भारत सरकार तयार नरहेको उहाँले बताउनुभएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 74