Aamsanchar

ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेटमा एपीएफद्वारा प्रदेश १ पराजित

Author Image
शनिवार, चैत २१, २०७७

काठमाण्डौ – पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको पहिलो खेलमा एपीएफले प्रदेश एकलाई हराएको छ । त्रिवी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले प्रदेश एकलाई आठ विकेटले हराएको हो । प्रदेश एकले दिएको एक सय सात रनको लक्ष्य एपीएफले १८ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि सीता रानामगरले ५२ र ज्योति पाण्डेले ३२ रन बनान् ।

यसअघि पहिले ब्याटिङ गरेको प्रदेश एकले रुबिना क्षेत्रीको ४५ रन मद्दतमा २० ओभरमा ४ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो । प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर