Aamsanchar

बाँकेको नरैनापुरमा आगलागी, १ सय २० भन्दा धेरै घरगोठ जलेर नष्ट

Author Image
शनिवार, चैत २१, २०७७

बाँके-बाँकेको नरैनापुरमा भएको आगलागीमा एक सयभन्दा धेरै घरगोठ जलेर नष्ट भएका छन् । नरैनापुर गाउँपालिका-४ खोदाबामा भएको आगलागीबाट एक सय २० भन्दा धेरै घरगोठ जलेर नष्ट भएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले उज्यालोलाई जानकारी दिनुभयो ।

दिउँसो लागेको आगो नरैनापुर, नेपालगञ्ज उपमहानगरपालिका र नेपाल प्रहरीका पाँच वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले साँझ मात्रै नियन्त्रणमा लिएका थिए । आगलागीमा घाइते भएका तीन जना महिलाको नेपालगञ्जमा उपचार भइरहेको छ । अहिले बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङसहितको टोलीले घटनास्थलमा पुगेर आगलागी पीडितलाई राहत वितरणको काम गरिरहेका छन् ।

विभिन्न निकायसँगको समन्वयमा आज रातिको लागि पाल र खानाको व्यवस्था गर्ने काम भइरहेको र भोलि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले राहतका थप प्याकेज ल्याउने पनि प्रहरी उपरीक्षक रानाले जानकारी दिनुभयो। खरले छाएका र एकआपसमा जोडिएका घरगोठ तथा तीव्र हावाहुरीले आगो नियन्त्रणमा लिन निकै मुश्किल परेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर