Aamsanchar

घाटा पूर्ति गर्न भन्दै आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

Author Image
सोमवार, चैत २३, २०७७

काठमाडौं – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले आज मध्यराति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई/दुई रुपैयाँले बढाइएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १२० रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर १०३ रूपैयाँ पर्नेछ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले मूल्य नबढाए पनि निगमले घाटा पूर्ति गर्न भन्दै मूल्य बढाएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 291

प्रतिक्रिया (०)

सम्बन्धित खबर