Aamsanchar

नेपालमा कोरोना संक्रमण फेरि ह्वातै बढ्यो,पछिल्लो २४ घन्टामा २ सय ६६ जना संक्रमित फेला

Author Image
सोमवार, चैत २३, २०७७

काठमाडौं – नेपालमा कोरोना संक्रमण फेरि ह्वातै बढेको छ। पछिल्लो २४ घन्टामा देशभर २ सय ६६ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार ५ सय ३६ जनाको पिसिआर परीक्षण गर्दा आज २ सय ६६ जना नयाँ संक्रमित भेटिएका हुन्।

यस्तै, आज ४ जनाले संक्रमणकै कारण ज्यान गुमाएका छन्। भने १ सय २ जनाले संक्रमणलाई जितेर घर फर्किएका छन्। हाल देशभर ६४ जना क्वारेन्टाइनमा रहेको बताइएको छ। हाल देशभर १ हजार ८ सय ३२ जना सक्रिय संक्रमित रहेको बताइएको छ। यसअघि, चैत २२ गते १ सय ७६ जना, २१ गते १ सय २८ , २० गते १ सय ७९ जना संक्रमित भेटिएका थिए।

Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर