Aamsanchar

कन्काई नगरपालीकामा १ दिने नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न

Author Image
मङ्गलवार, चैत २४, २०७७

झापा- झापाको कन्काई नगरपालीका वडा नं. ३ मा १ दिने नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । रोटरी क्लव अफ सुरुङ्गा र रोट्रयाक्ट क्लव सुरुङ्गाको आयोजना तथा नोवल अस्पतालको प्रबिधिक सहयोगमा शिबिर सम्पन्न भएको हो । पशुपती बोडीङ् स्कुलमा भएको कार्यक्रममा १ हजार ८५ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । इ.सि.जीको सेवा १ सय ७८ जना, ल्याब टेस्टको सेवा २ सय ३ जना, भिडियो एक्स्रे सेवा १ सय ९८ जना र ४२ जनालाई दन्त सम्बन्धी सेवा प्रदान गरिएको क्लवका निवर्तमान अध्यक्ष कुमारमणी पोखरेलले जानकारी दिए ।


रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष टीका प्रसाद कट्टेलको सभापतित्वमा भएको कार्यक्रममा कन्काई नगरका प्रमुख राजेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । रोटरी क्लबका संस्थापक अध्यक्ष एल पि उप्रेती, नोबेल मेडिकल कलेज बिराटनगरका ब्यबस्थापक नारायण दाहाल र नगर उप प्रमुख मन्जु प्रसाईंले मन्तव्य राख्नुभयो । शिव कुमार कडेलको संयोजनमा भएको कार्यक्रमको सन्चालन सचिब तुलसी बिमलीले गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 220

प्रतिक्रिया (०)

सम्बन्धित खबर