ब्रासिलिया (एएफपी)- ब्राजिलमा पछिल्लो २४ घण्टामा कोभिड–१९ संक्रमणका कारण ४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ। ब्राजिलमा संक्रमण सुरु भएयता यति धेरै संख्यामा ज्यान गुमाएको यो पहिलो पटक हो। मंगलबार ४ हजार १ सय ९५ जनाले ज्यान गुमाएपछि मृतकको संख्या ३ लाख ३७ हजार पुगेको छ। ज्यान गुमाउने व्यक्तिको हिसाबबाट ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा पर्छ।
ब्राजिलको स्वास्थ्य प्रणालीले कोभिड १९ को भयानक तनाव खेपिरेहको छ। एस्पिरिटो सान्टो फेडरल युनिभर्सिटीका महामारी विज्ञ एथेल मकिएलले भने, ‘हामी भयानक स्थितिमा छौं र हामीले कुनै राज्य वा संघीय सरकारले प्रभावकारी उपाय देखिरहेका छैनौं।’
जनसंख्याको १० प्रतिशतले पहिलो चरणको खोप लगाएका छन्। भाइरसको प्रकोप नियन्त्रण गर्न एक मात्र उपाय २० दिनसम्म प्रभावकारी लकडाउन भएको उनले बताए। देशमा चलेको राजनीतिका कारण ब्राजिलका यो स्थिति आएको र ठूलो संख्यामा ज्यान गुमाउनुपरेको विज्ञको भनाइ छ। विशेषज्ञको सल्लाह नमानेको र देशमा यसप्रकारले स्वास्थ्य संकट निम्त्याउनुमा राष्ट्रपति जाइर बोल्सोनारो जिम्मेवार भएको आरोप लगाइएको छ।
राष्ट्रपति बोल्सोनारोले अर्को वर्ष फेरि चुनावको तयारी गरेपछि राजनीतिक उथलपुथल भएको थियो। गत हप्ता विदेश, न्याय र रक्षामन्त्रीले राजीनामा गरेपछि नयाँ मन्त्री नियुक्ति भएका थिए। सेनातर्फ सेना, नौसेना र वायुसेना कमान्डर कमान्डर फेरिएका थिए।