Aamsanchar

माओवादी परित्याग गरेर एमाले प्रवेश गरेका चारजना मन्त्री सांसद पदबाट मुक्त

Author Image
बिहिवार, चैत २६, २०७७

काठमाडौं- नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्री प्रतिनिधिसभा सदस्य (सांसद)पदबाट पदमुक्त भएका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली-४ का लेखराज भट्ट, रौतहट-३ का प्रभु साह र कैलाली-३ का गौरीशंकर चौधरीको सांसद पद रिक्त भएको जानकारी गराएका हुन् । माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद सचिवालयलाई पत्र पठाएर पार्टी परित्याग गरेको चार सांसदलाई कारबाही गरेको जानकारी दिएका थिए । राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुन्छन् । संसद पदबाट पदमुक्त भएका चारैजना सांसद मन्त्री छन् ।

संविधानविद् टीकाराम भट्टराईका अनुसार प्रतिनिधिसभा सदस्य नहुनेवित्तिकै मन्त्री पद रिक्त हुन्छ । ‘उहाँहरुलाई पदमा कायमै राख्ने हो भने पुनस् नियुक्ति गर्नुपर्छ’ उनले भने ।

Views: 239

प्रतिक्रिया (०)

सम्बन्धित खबर