

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस नयाँ सरकार गठनका लागि तातिएको छ।

यसअघि मध्यमार्गी बाटो अपनाइरहेका कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबारदेखि नयाँ सरकार गठनका लागि कसरत थालेका हुन्। कांग्रेसले आज शुक्रबार प्रमुख तीन राजनीतिक दलसँग छलफल गर्दैछ।
अपरान्ह ३ बजे माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेसँग छलफल हुँदैछ। नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मुलुकको समसामयिक परिस्थितिका बारेमा साझा धारणा बनाउन बैठकको आयोजना गरिएको हो।

माओवादीले प्रधानमन्त्री केपी ओलीलाई हटाउने वा नहटाउनेबारे प्रस्ट निर्णय दिन देउवा र महन्थ ठाकुरलाई आग्रह गरेको छ । देउवा भने ओलीको विपक्षमा संसदमा बहुमत पुग्ने ग्यारेन्टी नभएसम्म अघि बढ्न चाहेका छैनन् । वर्तमान सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा जसपाभित्र स्पष्ट रूपमा दुई धार देखिएको छ।

