Aamsanchar

सिंगटी हाइड्रो इनर्जीको आइपिओ आज बाँडफाँट हुँदै, कतिआवेदकको हात खाली ?

Author Image
शुक्रवार, चैत २७, २०७७

काठमाडौं – सिंगटी हाइड्रो इनर्जी लिमिटेडको प्राथमिक सेयर (आइपिओ) शुक्रबार बिहान ११ बजे बाँडफाँट हुने भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको आइपिओ बाँडफाँड हुनेछ। सिंगटीले चैत ६ देखि १० गतेसम्म सर्वसाधारणका लागि २६ लाख ९७ हजार कित्ता सेयर निष्कासन गरेको थियो। गोलप्रथाद्वारा दुई लाख ६९ हजार ७०० जनाले १० कित्ताका दरले कम्पनीको आइपिओ पाउनेछन्।

कम्पनीको सेयर खरिदका लागि मागभन्दा ९ दशमलब १६ गुणा बढी आवेदन परेको छ। १६ लाख २३ हजार ४५० जना आवेदकबाट २ करोड ४७ लाख २० हजार ४५० कित्ताका लागि आवेदन परेको छ। जसमध्ये २ लाख ६९ हजार ७०० जनाले १० कित्ताका दरले सेयर पाउनेछन्। बाँकि साढे १२ लाखभन्दा बढी आवेदकको हात खाली हुने छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर