Aamsanchar

दुर्गाप्रसादको घरमै पुगे ग्रेटर नेपालका अध्यक्ष, स्थलगतअध्ययन प्रतिवेदन मानवअधिकारआयोगलाई बुझाउने

Author Image
शुक्रवार, चैत २७, २०७७

काठमाडौं-ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले भारतीय जेलमा सुधार ल्याउन दबाब दिने उद्देश्यले दुर्गाप्रसाद तिम्सिनाको इलामस्थित घरमै भेट्न पुगेका छन्। कलकत्ता, इन्डियाको जेलमा बिनासुनुवाइ ४१ वर्ष थुनामा परेर करिब ३ हप्ता अघि मुक्त भएका दुर्गाप्रसाद तिम्सिनाको इलामस्थित घरमै पुगेर उनलाई भेटेका हुन्। भेटमा उनले पाँच हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्। केही व्यक्ति र संस्थाले सहयोग गर्ने भने पनि हालसम्म सहयोग गरेको नदेखिएकाले उनलाई सबै नेपालीले सहयोग गरून् भनी आफूले सांकेतिक रूपमा थोरै रकम पाँच हजार दिएको बताएका छन्।

मोर्चाका अध्यक्ष नेपालले एउटा निर्दोष नेपालीलाई ४१ वर्षसम्म जेलमा कठोर यातना दिएर राख्नु सोच्नै नसकिने घटना भएको बताउँदै उनले दुर्गाप्रसाद तिम्सिनामाथि भएको ज्यादती उजागर गर्न उनको शारीरिक तथा मानसिक अवस्था बुझ्न उनलाई घरमै भेट्न गएको बताएका छन् । मोर्चाले स्थलगत अध्ययन प्रतिवेदन गृहमन्त्री र राष्ट्रिय मानवअधिकार आयोगलाई बुझाउने अध्यक्ष नेपालले जनाएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर